
अध्यादेशबाट गरिएका संवैधानिक नियुक्तिविरुद्ध परेका रिट निवेदनको निरुपणमा विलम्ब भएकोमा सर्वाेच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आत्मालोचना गरेकी छिन्। नियुक्ति विरुद्धका रिट खारेज गर्ने फैसलामा सहमत भएकी उनले फरक राय लेख्दै आत्मालोचना समेत गरेकी हुन्।
उनको फरक रायमा भनिएको छ,‘न्यायको याचिकाहरुलाई आशाको ज्योति जगाउन अनुचित बिलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ। आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मालोचना गरेको छु ।’ गम्भीर प्रकृतिको मुद्दामा साढे चार वर्षपछि सर्वाेच्चले फैसला सुनाएको हो। संवैधानिक इजलासले बहुमतका आधारमा रिट खारेज गरेका हुन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीले भने नियुक्ति खारेजीको पक्षमा राय राखेका थिए।
उनले पहिला नियुक्त भएका ५२ जनाको अहिले संसदीय सुनुवाई गर्न परमादेश समेत दिएकी छिन्। सपनासहित मनोज शर्मा र कुमार चुडालले नियुक्ति सदर गरेका हन्।
संवैधानिक इजलासमा मल्ल, मनोज कुमार शर्मा र कुमार चुडालको बहुमतमा आधारमा नियुक्तिविरुद्ध परेका रिट निवेदन खारेज गरेको हो।
sapana