१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार o९:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमै पहिलो अन्तर्राष्ट्रिय बलुन फेस्टिभल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o९:४४:oo

नेपालमै पहिलोपटक पोखरामा ‘अन्तर्राष्ट्रिय बलुन फेस्टिभल’ हुने भएको छ । बलुन नेपाल प्रालिले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा ९ पुस (२४ डिसेम्बर)देखि पोखरामा साताव्यापी बलुन फेस्टिभल आयोजना गर्न लागेको हो । 

बलुन महोत्सव पोखराको पामे क्षेत्रको लौरुकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुने नेपाल बलुन प्रालिका अध्यक्ष विक्रम बाडेले बताए । महोत्सवमा ३० देशका करिब पाँच सय व्यावसायिक उडान हुनेछन्, जसमा करिब तीन हजारले उडान गर्ने लक्ष्य लिइएको छ । 

त्यस्तै, करिब तीन सयवटा गैरव्यावसायिक उडान हुनेछन् । फेस्टिभलका अवसरमा पोखरामा मिनिबलुन सो पनि हुनेछ । फेस्टिभल आयोजना गर्न ६ करोड ८२ लाख रुपैयाँ खर्च हुने अनुमान छ । हट एयर बलुनमा करिब ४० मिनेट लामो उडान हुन्छ ।  

‘पर्यटन राजधानी पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो,’ अध्यक्ष बाडेले भने, ‘बलुन फेस्टिभलले पोखराको पर्यटनमा नयाँ आयाम पनि थप्नेछ ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेन्डरमा नयाँ कार्यक्रम थप भएकोमा खुसी व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव देशकै पर्यटन क्षेत्रको हितमा हुने विश्वास व्यक्त गरे ।