१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार ११:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पलेसालाई एनसेलको १० लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार ११:o३:oo

एनसेल फाउन्डेसनले तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । एनसेलले पेरिस पारा ओलम्पिक्समा इतिहास रच्ने गोवर्द्धनलाई सम्मान गरेको जनाएको छ । 

राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपिसी) नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारा ओलम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेसासहित सहभागी पाँच सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर)अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो ।

पलेसाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले तीन लाख रुपैयाँ पुरस्कार पाएका छन् । त्यसैगरी, तेक्वान्दो खेलाडी भरतसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । 

‘यो सम्मानले हामी पारा खेलाडीको हौसला झन् बढाएको छ र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य रहेको छ । एनपिसीसँगको सहकार्यमा हाम्रो ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पु¥याइदिनुभएकोमा एनसेलप्रति आभारी छु,’ पलेसाले भनिन् ।

पारा खेलाडीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपिसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।