Skip This
विराटनगरलाई ‘ग्रीन र क्लिन’ बनाउन राती ढोल बजाएर फोहोर फाल्नेको निगरानी गर्छन्  नागरिक  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ असोज ४ शुक्रबार o९:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरलाई ‘ग्रीन र क्लिन’ बनाउन राती ढोल बजाएर फोहोर फाल्नेको निगरानी गर्छन्  नागरिक  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o९:३२:oo

शहरलाई हरियालीयुक्त बनाउन सडक किनारमा विरुवा रोपेर हुर्काउने अभियानमा सक्रिय  विराटनगरका अभियन्ताहरु अब जथाभावी फोहोर फाल्न नदिन राती ढोल बजाएर निगरानी गर्न थालेका छन् । 

विराटनगरको मुख्य कोशी राजमार्ग किनारमा स्वतस्र्फुत रुपमा नागरिकहरुको तर्फबाट रोपिएका विरुवाहरुको संरक्षणका लागि निगरानी गर्ने क्रममा जथाभावी सडकमा फोहोर फालेको देखेपछि अभियन्ताहरुले राती ढोल बजार निगरानी गर्न थालेका हुन् । हरेक दिन हरियाली अभियन्ताहरु रोपिएका विरुवाहरुको संरक्षणका लागि निस्कने गर्दछन् । त्यही क्रममा जथाभावी फोहोर फाल्न नदिन राती ढोल बजाएर निगरानी गर्न थालेको अभियन्ता पारुल क्षेत्रीले बताए । 

विरुवाको संरक्षण गर्ने क्रममै साँझ फोहोर फाल्नेहरको निगरानी थालेपछि विराटनगरका भित्री सडकहरुमा जथाभावी फोहोर फाल्नेहरु घटन थालेका छन् । निरन्तर निगरानी गरेकै कारण विराटनगरको सत्यानारायण स्कुल उत्तरको दुर्गन्धित सडक आजकल सफा भएको छ। अभियन्ताहरुले राती ढोल बजाएर फोहोर फाल्नेहरुको  निगरानी थालेपछि विराटनगरका मुख्य मार्गमा राती सुनसान अवस्थाको फाइदा उठाउँदै जथाभावी फोहोर फाल्नेहरु नियन्त्रण हुन थालेको  महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहाल बताउँछन् ।

उनका अनुसार राती फोहोर फाल्नेहरुको पहिचान भएमा अभियन्ताहरुले उनीहरुको घर अगाडि गएर आधा घण्टा जति ढोल बजाएर जथाभावी फोहोर फाल्न हुदैन भन्दै सचेत गराउने गरेका छन्। विराटनगर महानगरपालिकाले फोहोरमैला नियन्त्रण गर्न निर्देशिका लागु गरेपनि गैर जिम्मेवार नागरिकहरुले अझै लुकेर सार्वजनिक स्थलमा फोहोर फाल्ने गरेका छन्  । जसले गर्दा सफा विराटनगर अभियानमा बाधा पुगिरहेको छ । ‘हरियाली अभियन्ताहरुले झै सबै नागरिकहरुले टोल टोलमा जथाभावी फोहोर फाल्नेहरुको निगरानी गरे विराटनगरले चाँडै ‘ग्रीन र  क्लिन’ शहरका रुपमा चिनाउन सकिनेरहेछ’, विराटनगरबासी कमला शर्माले भनिन् ।

 विराटनगरलाई शितल हरियालीयुक्त बनाउन नागरिकहरुले स्वतस्र्फुत रुपमा मुख्य कोशी राजमार्गको ८ किलोमिटर दायाँबायाँ किनारमा विरुवा रोपेका छन् । उनीहरुले रोपिएका विरुवा संरक्षणका लागि हरेक दिन साँझ विहान सामुहिक निगरानी गर्ने गरेका छन् ।