१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार १o:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटना न्यूनीकरणका लागि सवारीचालक प्रतिबद्धता अभियान शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १o:४o:oo

बागमती प्रदेशको १० जिल्लामा चाडपर्वलक्षित दुर्घटना न्यूनीकरणका लागि सवारीचालकको प्रतिबद्धता कार्यक्रम शुभारम्भ गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौँडा– १० स्थित बसपार्कबाट एक औपचारिक कार्यक्रमबिच अभियानको शुभारम्भ गरिएको हो। 

अभियानको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गरेका हुन्। साथमा प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले सार्वजनिक सवारीसाधनका चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएका थिए। मन्त्री लामिछानेले अभियानको शुभारम्भ गर्दै सार्वजनिक सवारीसाधनहरूमा प्रतिबद्धता लेखिएका स्टिकरसमेत टाँस गरेका थिए ।

चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनाका जोखिमलाई मध्यनजर गर्दै बागमती प्रदेश प्रहरी कार्यलयमातहतका कार्यालयहरूले सवारीचालकसँग लिखित प्रतिबद्धता लिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

अभियानमा सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे सवारीका चालकहरूलाई ट्रफिक प्रहरीले लिखित प्रतिबद्धता गराउनेछन् । अभियानको पहिलो दिन प्रदेशका १० जिल्लामा झन्डै एक हजार सवारीचालकले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको प्रदेश प्रहरी कार्यलाय हेटौँडाले जनाएको छ ।