१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा

सुरुवाती मूल्य १२ हजारभन्दा कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १o:२९:oo

स्टाइलिस स्मार्टफोन ब्रान्ड टेक्नोको टेक्नो स्पार्क गो वान नेपाली बजारमा पाइने भएको छ। नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार दाबी गरिएको उक्त फोन ११ हजार नौ सय ९० रुपैयाँको टेक्नो स्पार्क गो वान बजारमा पाइने भएको हो। 

ग्राहकहरूले आफ्नो न्यूनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ।

जुनसुकै अवस्थामा निरन्तर  स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जिबी र्‍याम र बुमिङ, क्रिस्टल क्लियर अडियोका लागि डिटिएससहितको डुअल स्टेरियो स्पिकरहरूसहितको स्पार्क गो वानले  एक कदम अगाडि राख्ने कम्पनीको दाबी छ। 

५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठुलो सपोर्ट नेटवर्क बनेको कम्पनीले जनाएको छ।

टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भने, ‘फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौँ। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ।’

प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगका लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने कम्पनीले जनाएको छ।