१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको २३औँ सम्मेलन असोज १० गतेदेखि

कार्यक्रमको उद्‍घाटन पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o९:३३:oo

अखिल क्रान्तिकारीको २३औँ सम्मेलन असोज १० गतेबाट काठमाडौंमा हुने भएको छ । कार्यक्रमको उद्‍घाटन पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । 

कार्यक्रमको उद्‍घाटन यही बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा हुने अखिल क्रान्तिकारीका उपाध्यक्ष एवं प्रवक्ता जिपी मैनाली जानकारी दिए ।

असोज १० देखि १३ गतेसम्म चल्ले २३औँ सम्मेलनलाई भव्य उत्साहका साथ सफल पार्न अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘संगठनका सम्पूर्ण कमिटी र प्रिय विद्यार्थी साथीहरूलाई सम्मेलनलाई विद्यार्थी आन्दोलनको महोत्सवको रूपमा लिई भव्य उत्साहका साथ सफल पार्न हार्दिक अपिल गर्दछौँ।’ 

यस्तो छ कार्यतालिका

१. उद्घाटन कार्यक्रम, वाल्मिकि क्याम्पस प्रांगण, असोज १० गते ११ बजे 
२. विधान प्रतिवेदन प्रस्तुत, ११ गते 
३. निर्वाचन, १२ गते 
४. पत्रकार सम्मेलन १३ गते