Skip This
काठमाडौंमा आज र भोली राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार o७:२३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

काठमाडौंमा आज र भोली राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o७:२३:oo

काठमाडौंमा राष्ट्रिय चलचित्र कन्फ्रेन्स आयोजना हुने भएको छ। राष्ट्रिय समाचार समिति (रासस)को सभाहलमा आज र भोलि दोस्रो राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुन लागेको हो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुन लागेकाे कन्फ्रेन्समा आठवटा कार्यपत्र प्रस्तुती, दुईवटा प्यानल डिस्करन, एउटा किनोट स्पिच र अनुभव सेयरिङको कार्यक्रम तय गरिएको छ।

नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि यस्ता खालका कन्फ्रेन्स र चलचित्र महोत्सवहरू एक महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कन्फ्रेन्सको उद्घाटन सत्रमा वरिष्ठ फिल्म निर्देशक दिपेन्द्र गौचनले किनोट स्पिच रहने छ ।

कन्फ्रेन्समा अनुप सुवेदीको ‘नेपाली फिल्ममा इरानी फिल्मको प्रभाव’, अरुणदेव जोशीको ‘विश्व सिनेमाको रुपान्तरण : एसिया तथा अन्य देशका उदयीमान सिनेमाको गुणस्तर, एक विवेचना’, डा‍ सचिन घिमिरेले पनि फिल्मको विषयमा बोल्नेछन्।

नवनिधि दाहालको ‘पाठ्यक्रम अवलोकनस् त्रिविको विए इन फिल्म स्टडिज’, डब्बु क्षेत्रीको ‘नेपालमा चलचित्र पत्रकारिता विगत देखि वर्तमानसम्म’ र मनोज पण्डितको ‘पटकथाको दार्शनिक आयाम’ कार्यपत्रहरु प्रस्तुत गर्नेछन्। ‍

‘वैकल्पिक भाष्यको मुलप्रवाहीकरण : सामाजिक यथार्थवादको कसीमा जातीय अन्तर्वस्तु’ र ‘प्रस्तावित चलचित्र विधेयक २०८०’ माथि दुईओटा प्यानल छलफल  हुनेछन्। चलचित्र निर्देशक तुलसी घिमिरेको ‘इतिहासतिर फर्केर हेर्दा ’ शीर्षकमा अनुभव सुनाउनेछन्।