Skip This
सेनाका पाल र दुर्गम गाउँकी साहु बनिन् पहिलो रात्री दौड विजेता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार o९:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सेनाका पाल र दुर्गम गाउँकी साहु बनिन् पहिलो रात्री दौड विजेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o९:१५:oo

दशौँ नेपालगन्ज म्याराथन अन्तर्गत बिहीबार बेलुकी भएको १० किमि ‘नाइट रन’ को उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहु च्याम्पियन भएका छन् ।

दशौँ नेपालगन्ज म्याराथन अन्तर्गत १० इभेन्टमध्ये बिहीबार बेलुकी ८ बजे नेपालगन्जमा १० किलोमिटर रात्रीकालिन दौड (नाइट रन) मा पालले ३१.०७.२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । पुरुष तर्फको विधामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोषविक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भएको आयोजक क्रियटीभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार, सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरि तृतीय भए ।

नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ’दशौंमा दश इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीताकुमारी साहु पहिलो भइन् । उनले ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा र सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरण गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केशरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे । 

भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८ः५६ः२३ मिनेटमा लिंदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९:१९: २५ मिनेट लिंदै तेस्रो भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । 

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपीको चोम, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे ।