Skip This
रसियाकी जुभियागिनसिभाले गण्डकीबाट खेल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o७:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रसियाकी जुभियागिनसिभाले गण्डकीबाट खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o७:१६:oo

रसिया र मंगोलियाका अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज भलिबल खेलेकी जुभियागिनसिभा गण्डकी थन्डर्समा आबद्ध

रसियाकी जुभियागिनसिभाले गण्डकी थन्डर्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् । गण्डकीले तेस्रो विदेशी खेलाडीका रूपमा जुभियागिनसिभालाई अनुबन्ध गरेको हो । जुभियागिनसिभा रसियाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रसिया र मंगोलियामा हुने अन्तर्राष्ट्रिय स्तरका खेल खेलेकी छिन् । उनले नेपालमा भलिबल खेल्न पाउँदा खुसी लागेको बताइन् । 

‘नेपालजस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा खुसी लागेको छ, छिट्टै कोर्टमा भेट हुनेछ,’ जुभियागिनसिभाले भनिन् । उनीसँग रसियन यू–२० लिगमा दुई सिरिज खेलेको अनुभव छ । रसियाको मस्कोमा भएको सन् २०१७ र २०१८ को यू–२० रसियन लिगमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । व्यावसायिक भलिबलको फ्रेन्चाइज लिगमा उनले सन् २०२३/२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी थिइन् । 

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ । आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि गण्डकीका प्रबन्धक विकास खेतानले तीनजना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए ।