Skip This
नौ महिनासम्म अन्धकारमा बस्नुपर्‍यो विपन्न परिवार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
२o८१ असोज ४ शुक्रबार o६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नौ महिनासम्म अन्धकारमा बस्नुपर्‍यो विपन्न परिवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o६:२१:oo

विद्युत् महसुल तिर्न नसक्दा झापाको दमक नगरपालिका– ८ आइतबारेका विपन्न सुकुम्वासी थानेश्वर भुजेलको परिवार नौ महिना अन्धकारमा बस्नुपरेको छ । दुई वर्षको विद्युत् महसुल र जरिवाना गरी ६ हजार तिर्न नसक्दा गत वर्ष कात्तिकमा विद्युत् प्राधिकरणले उनको घरको बिजुलीको लाइन काटिदिएको थियो ।

२० युनिटसम्मको न्यूनतम महसुल रहे पनि गर्मीयाममा पंखाविना सुत्न नसक्दा बढी बिल आएको र त्यसमा पछि जरिवाना थपिँदा धेरै पुगेको भुजेलले बताए । तर, पछि केही सहयोगीले तिरिदिएपछि गत साउन दोस्रो साता मात्र उनको घरमा बिजुली जोडिएको थियो । 

बिरामी थानेश्वर काम गर्न सक्दैनन् । जेठा छोराको एउटा हात र खुट्टा चल्दैन । साहिँला छोरा धनबहादुरले मजदुरी गरेर ल्याएको पैसाले बिहानबेलुका छाक टार्न नै मुस्किल हुन्छ । माइलो छोरा पदमबहादुर एक वर्षअघि माछा मार्दा करेन्ट लागेर बितेका थिए ।

प्यारालाइसिस भएकी थानेश्वरकी श्रीमती पनि ६ महिनाअघि बितिन् । श्रीमतीको उपचारमा ऋण काढेर तीन लाख सकिएकाले बिजुलीको पैसा तिर्न नसकेको थानेश्वरले बताए ।