Skip This
मधेश सरकारले पहिलोपटक मनायो संविधान दिवस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ असोज ४ शुक्रबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेश सरकारले पहिलोपटक मनायो संविधान दिवस

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o६:o७:oo

मधेश प्रदेश सरकारले पहिलोपटक संविधान दिवस मनाएको छ । जनमत पार्टीका नेतासमेत रहेका सतिशकुमार सिंह बिहीबार मधेश प्रदेश, गृह मन्त्रालयले संविधान दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भए । मुख्य वक्ता रहेका मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्ताबेज नरहेकाले त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताए ।

नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री सिंहले संविधानमा केही कमी–कमजोरी रहे पनि संविधानअनुसार नै आफू मुख्यमन्त्री बनेकाले संविधान दिवस मनाइएको बताए । ‘सरकार हाम्रो दल (जनमत)को मात्र होइन, गठबन्धनको सरकार हो ।  गठबन्धनमा आबद्ध दलसँग सहमति र सल्लाहअनुसार नै बढ्नुपर्छ,’ उनले भने । 

बिहीबार बिहान मधेश सरकारले संविधान दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी निकाल्दा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाहेक प्रदेशका अन्य मन्त्री सहभागी थिएनन् । तर, त्यसपछि आयोजित कार्यक्रममा भने मुख्यमन्त्री सिंह, सभामुख रामचन्द्र मण्डल र मन्त्रीहरूको सहभागिता थियो । 

मधेश सरकारले संविधान दिवस मनाए पनि लोसपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू भने सहभागी थिएनन् । लोसपाले संविधान दिवसलाई कालो दिनका रूपमा मनाउँदै आएको छ । लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको नेतृत्वमा लोसपाका नेता तथा कार्यकर्ताले जनकपुरधाममा कालो झन्डासहित विरोध प्रदर्शन गरेका थिए । 

जसपा प्रवक्ता तथा प्रदेश सभा सदस्य मनीष सुमनले भने संविधानमा आफूहरूका असहमति कायमै रहेकाले दिवस मनाउन नसकिएको बताए । मुख्यमन्त्री सिंह पनि दुई ठुला दल (कांग्रेस र एमाले) को चेपुवामा परेर सत्ता जोगाउन संविधान दिवस मनाउन पुगेको सुमनको तर्क छ । ‘अधुरो, अपुरो संविधानलाई मधेशी जनताले अझै स्वीकार गरेका छैनन् । हाम्रा मुख्यमन्त्री सिंहले सत्ता जोगाउन तथा दुई ठुला दललाई खुसी पार्न मधेशी जनताको भावनाविपरीत काम गर्नुभयो,’ उनले भने ।

प्रदेश संरचना सञ्चालनमा आएको आठ वर्षमा मधेशमा यसअघिका मुख्यमन्त्रीद्वय लालबाबु राउत र सरोजकुमार यादव संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन् । हुन त राउत र यादवले प्रतिनिधित्व गर्ने दल जसपाले संविधान दिवसलाई कालो दिवसका रूपमा मनाउँदै आएको छ । यद्यपि, त्यतिखेर जसपा नेतृत्वको मधेश सरकारले संविधान दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण कार्यक्रम भने गर्दथ्यो ।