Skip This
प्रेरक प्रसंग : अशान्तिको ओखती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार o६:o३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अशान्तिको ओखती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार o६:o३:oo

कुनै नगरमा एक विद्वान् साधु बस्थे । मानिसहरू अनेक समस्या लिएर उनीकहाँ पुग्थे । उनी पनि यथोचित समाधान दिएर सबैलाई खुसी बनाएर पठाउँथे । एक दिन एक महाजन साधुकहाँ आए र भने– साधु महाराज, मसित धन, सम्पत्ति आदि भौतिक सुख–सुविधाको कुनै कमी छैन । तैपनि, मेरो मन जहिल्यै अशान्त रहन्छ । यस्तोमा म के गरूँ भन्नुहोस् त ! महाजनको गुनासो सुनेपछि साधु चुपचाप उठेर बाहिर निस्किए । महाजन पनि उनको पछि लागे । 

आश्रमको एउटा खाली कुनामा पुगेर साधुले आगो सल्काए । उनले त्यसमा बिस्तारै एक–एक गरी दाउरा थप्दै गए । दाउरा थपिँदै जाँदा आगो पनि निकै दन्किँदै गयो । केही समयपछि साधु पुनः चुपचाप पहिलेकै स्थानमा आएर बसे । महाजन पनि साधुको छेउमै बसे । लामो प्रतीक्षापछि पनि साधु केही नबोलेपछि हैरान हुँदै महाजनले भने– साधु महाराज, म मेरो प्रश्नको उत्तरको व्यग्र प्रतीक्षामा छु । 

महाजनको हैरानी देखेर मुस्कुराउँदै साधुले भने– यति लामो समयदेखि म तपाईंकै प्रश्नको उत्तर त दिइरहेको थिएँ । तपाईंको समस्याको समाधान गरिरहेको थिएँ । सायद तपाईंले बुझ्न सक्नुभएन । सुन्नुहोस्, हरेक व्यक्तिभित्र अग्नि हुन्छ । त्यसमा दया, माया, प्रेम, करुणा आदि आहुति गरे मनले शान्ति पाउँछ, आनन्दको महसुस गर्छ । तर, त्यस अग्निमा रातदिन काम, क्रोध, लोभ, मोहकादाउरा हालिरहने हो भने मनमा अशान्ति उत्पन्न हुन्छ । त्यसले मनभित्रको अग्निलाई भड्काउँछ । जबसम्म तपाईं आपूmभित्रको अग्निमा अशान्ति भड्काउने तत्वको हवन गर्न छाड्नुहन्न, तबसम्म तपाईंको मन शान्त हुँदैन । 

साधुको जवाफबाट महाजनका आँखा खुले । उनले आफ्नो समस्याको समाधान थाहा पाए । आफूभित्रको अग्निमा प्रेमको आहुति गर्ने संकल्प गर्दै उनी घर फर्किए ।