Skip This
आतिशी नयाँ मुख्यमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँदिल्ली
२o८१ असोज २ बुधबार o९:१८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

आतिशी नयाँ मुख्यमन्त्री

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o९:१८:oo

दिल्ली सरकारकी शिक्षामन्त्री आतिशी मार्लेनाले आगामी निर्वाचन नभएसम्म दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएकी छिन् । अरविन्द केजरिवालले मंगलबार पदबाट राजीनामा दिएपछि अतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय आम आद्मी पार्टीले गरेको छ ।

केजरिवालमाथि मदिरा लाइसेन्स बाँडफाँडमा घुस लिएको मुद्दामा अनुसन्धान भइरहेको छ । आपले भने केजरिवालको गिरफ्तारीलाई केन्द्रमा शासन गरिरहेको ‘भारतीय जनता पार्टी (भाजपा)’को ‘राजनीतिक षड्यन्त्र’ भएको आरोप लगाउँदै आएको छ । 

त्रिचालीस वर्षीया आतिशीले मुख्यमन्त्रीको जिम्मेवारी लिएपछि प्रतिक्रिया दिने क्रममा आपूmले केजरिवाललाई पुनः जिताउन सहयोग गर्ने बताइन् । ‘दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरिवाल हो,’ उनले भनिन् ।

आपका राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री केजरिवालले मंगलबार पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए । केजरिवालको आवासमा बसेको संसदीय दलको बैठकमा राखिएको उक्त प्रस्तावलाई विधायकहरूले समर्थन गरेका थिए ।