१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २७ आइतबार
  • Sunday, 08 September, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२o८१ जेठ २७ आइतबार १५:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा अवतरण

विदेश मन्त्रालयका विशेष सचिवले गरे स्वागत

Read Time : < 1 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ २७ आइतबार १५:३५:oo

भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली आइपुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड भर्खरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनलाई भारतीय विदेश मन्त्रालयका विशेषसचिव पी कुमारनले विमानस्थलमा स्वागत गरे।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे काठमाडौंबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ। भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। 

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ।