१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
तस्बिर : एएफपी
रासस मड्रिड
२o८१ भदौ २३ आइतबार १८:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भेनेजुएलाका विपक्षी नेता उरुटियालाई स्पेनले शरण दिने

Read Time : < 1 मिनेट
रासस, मड्रिड
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १८:३९:oo

भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमन्डाे गोन्जालेज उरुटियालाई मड्रिडले राजनीतिक शरण दिने घोषणा गरेको छ।

राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनको विरोध गर्ने गोन्जालेज उरुटियाले अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीनपटकसम्म जारी गरिएको पत्राचारलाई बेवास्ता गरेका थिए। उनी स्पेनी सेनाको एक विमानमार्फत स्पेन पुगेकाे बताइएको छ।

यसअघि, सोमबार नै मड्रिडका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले उरुटियाले युरोपेली देशमा राजनीतिक शरणका लागि अनुरोध गरेको र स्पेनले उनलाई त्यो अनुमति दिने बताएका थिए।

भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउँदै उनले विपक्षी नेता स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेका थिए।