१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रासस गण्डकी
२o८१ भदौ २३ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीका ११ लाख १६ हजारजना स्वास्थ्य बिमामा आबद्ध

Read Time : < 1 मिनेट
रासस, गण्डकी
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १८:o५:oo

गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्। प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए।

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रूपमा स्वास्थ्य बिमाको सेवा उपलब्ध गराएको छ। प्रदेशभित्र महिला स्वास्थ्य स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइएको उनले जानकारी दिए।

महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बिमाबापतको रकम भुक्तानी गर्दै आएको छ। सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपांगता भएका पाँच हजार एक सय ४५ परिवारका साथै एचआइभी संक्रमित दुई हजार एक सय ४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराएको छ।

रु. एक लाखबराबरको स्वास्थ्य बिमाका लागि पाँचजनासम्मको परिवारले रु. तीन हजार पाँच सय बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा थप प्रतिसदस्य रु. सात सय बुझाउनुपर्छ।

बिमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुका साथ बिमामा आबद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कुल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत कोपेमेन्ट (सहभुक्तानी) बुझाउनुपर्ने व्यवस्था छ।