१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रमेश रावल सुर्खेत
२o८१ भदौ २३ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:५९:oo

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एसमोडमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको थियो।

पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

आइतबार बिहान वर्षाका कारण कालिकोटको गगनेखोला र एसमोडमा पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले बताए। उनका अनुसार आइतबार दिउँसो साढे २ बजेबाट राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको हो।