१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रासस विराटनगर
२o८१ भदौ २३ आइतबार १२:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी संविधान संशोधनविरोधी होइन : प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १२:५३:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हक–अधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गरे।

उत्पीडित वर्ग र समुदायकाे उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेशी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट पारे।

भ्रष्टाचारी एवं बिचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रूपमा पार्टीको संगठन विस्तार, सुदृढीकरण र पुनर्निर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु।’

बहुमतका नाममा जथाभावी गर्ने छुट कोही–कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनताविरोधी काम नगर्न सरकारलाई खबरदारी गरे।