१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देगु तलेजुको पुनर्निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार ११:४६:oo

नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।  

भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए ।

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनर्निर्माण गरिएको छ ।’ 

ललितपुरको सबैभन्दा ठुलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनर्निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।