१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार १o:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ठुला भ्रष्टाचारमा राष्ट्रिय सहमति हुने गरेको छ : भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १o:२२:oo

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक दल र नेता भ्रष्टाचारमुक्त नभएसम्म देश समाजवादमा जान नसक्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विश्लेषक तथा अर्थशास्त्री हरि रोकाको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन कार्यक्रममा उनले ठुला भ्रष्टाचारमा प्रमुख दलहरूबीच राष्ट्रिय सहमति हुने गरेको दाबीसमेत गरेका हुन् ।

‘४०–५० करोडभन्दा ठुला कुनै पनि भ्रष्टाचारका मुद्दामा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभई अगाडि बढ्दैबढ्दैन । ठुला दलका बिचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र, मुलुक पनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ,’ उनले भने ।

भुसालले सरकारले दृढसंकल्प लिएर काम गरे आगामी पाँच वर्षमा कृषिउपजमा आत्मनिर्भर हुन सकिने पनि बताए । १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनको तर्क छ । मूलभूत रूपले दलाल पुँजीवादबाट मुक्त र घुस नखाने नेताले मात्रै समाजवादी क्रान्तिलाई हाँक्न सक्ने उनको विश्लेषण छ  ।