१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रेशम बहादुर खड्का जाजरकोट
२o८१ भदौ २३ आइतबार o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान्–श्रीमती बेपत्ता, ११ वर्षीया छोरी घाइते

Read Time : < 1 मिनेट
रेशम बहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ भदौ २३ आइतबार o९:४७:oo

जाजरकोटमा गएराति पहिरोमा पुरिएर वडासदस्य प्रेमकुमारी चलाउनेसहित उनका श्रीमान् बेपत्ता भएका छन् । शनिबार राति परेको अविरल वर्षाका कारण बारेकोट- ६ तल्लो टोल घुम बस्ने वडासदस्य वर्ष ३८ की प्रेमकुमारी चलाउने र उनका श्रीमान् वर्ष ४७ का मानबहादुर चलाउने बेपत्ता भएका हुन्। 

घरमाथिबाट आएको पहिरोले घर पुर्दा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए । पहिरोमा पुरिएको अवस्थामा वर्ष ११ की सम्झना चलाउनेको प्रहरीले उद्धार गरेको छ । चलाउनेको हात, मुखमा चोट लागेको छ ।

उनलाई उपचारका लागि बारेकोट गाउँपालिका- ६ कार्कीज्युला पठाइएको प्रहरीले जनाएको छ । कार्कीज्युलामा प्राथमिक उपचारपश्चात् उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाउने तयारी गरिएको प्रहरी प्रमुख पाण्डेले बताए ।

सोही घरमा रहेकी वर्ष १८ की विमला चलाउने पहिरो आउनुभन्दा अगाडि सकुशल बाहिर निस्किएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा चारजना परिवारलाई पहिरोले पुरेको खबर प्रहरी कार्यालयलाई आएको थियो ।

उक्त जानकारी प्राप्त हुनासाथ शनिबार बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलबाट चलाउनेकी छोरीको घाइते अवस्थामा उद्धार भएको थियो । बेपत्ता भएका दम्पतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।