१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार o८:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पावरलाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी आज सकिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o८:३o:oo

काठमाडौंको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेपाल पावरलाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीमा १८ हजार व्यक्तिले अवलोकन गरेका छन् ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त मेला सुरु भएको थियो । आइतबार सम्पन्न हुने मेलामा सयभन्दा बढी कम्पनीका डेढ सयभन्दा बढी ब्रान्डहरू रहेको कार्यक्रम संयोजक सिर्जल भट्टराईले जानकारी दिए ।  

प्रदर्शनीमा विशेष गरी ऊर्जा, घर निर्माण र भान्सामा प्रयोग हुने लाइटिङ सिस्टम, होम अप्लायन्सलगायत इलेक्ट्रिक सामग्री राखिएको आयोजकले जनाएको छ । नेपालमा बढ्दो विद्युत् उत्पादनको खपत विभिन्न विद्युतीय माध्यमबाट बढाउने उद्देश्यले पनि यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । साथै, मेलाले विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा पनि अत्यधिक टेवा पुगेको भट्टराईले बताए ।