१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २३ आइतबार o८:१२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o८:१२:oo

देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने खेलाडी किन पलायन हुन्छ ?
पदक विजेता खेलाडीले देशमा आफ्नो करियर देख्दैन । यहाँ बस्दा भविष्य सुरक्षित हुने बाटो पाउँदैन । नेपालमा बसेर केही गर्न सकिन्न । देश बर्बाद भइसक्यो । विदेश नगइहुँदैन भन्ने आममनोविज्ञानले पनि खेलाडीलाई पलायन हुन प्रेरित गरिरहेको हुन्छ । अस्ट्रेलिया, जापान, अमेरिकालगायत विकसित देशमा सम्भावनाहरू बढी भएकाले हाम्रा प्रतिभाशाली खेलाडीहरू त्यतै पलायन भइरहेका छन् । 

खेलाडी पलायन हुनुमा को, कहाँ र कसरी चुकिरहेका छन् ?
यसमा सबैभन्दा बढी हाम्रो राज्य नै चुकिरहेको छ । राज्यले पदक विजेता खेलाडीलाई यति लाख या उति लाख पुरस्कारको घोषणा गर्छ । त्यस घोषणालाई राजपत्रमा समेत प्रकाशित गरिन्छ । तर, अधिकांश घोषणा कार्यान्वयन नै हुँदैनन् । आफैँले घोषणा गरेको पुरस्कारसमेत नदिने राज्यले कुनै खेलाडीलाई सहज रूपमा खेलेर बाँच्नका लागि आवश्यक सेवा, सुविधा देला भनेर आशा कसरी गर्नु ? खेलाडीलाई सामान्य जीवनयापन गर्न सक्ने वातावरणसमेत निर्माण गर्न नसक्नु राज्यकै कमजोरी हो । राज्य ऐन, नियम र कायविधि च्यापेर बसेको छ । उसलाई खेलाडीको अवस्था के छ भनेर सोच्ने फुर्सदसमेत छैन । 

यस्तो समस्याको समाधान के हो त ?
खेलाडी स्वयंको मनमा पनि देशभक्तिको भावना हुनुपर्छ । राज्यले खेलाडीलाई जीविकोपार्जनको ग्यारेन्टी गर्न सक्नुपर्छ । तर, हाम्रो राज्य खेलाडी र उसको परिवारको स्वास्थ्य, शिक्षालगायतको दायित्व लिन तयार छैन । खेलाडी घाइते भएको अवस्थामा उपचार खर्च जुटाउन नसकेर पीडामै छट्पटिनुपर्ने अवस्था छ । राज्य देखावटी रूपमा बाहिरी प्रचारमा व्यस्त छ । ऊ, त्यसबाट बाहिर आउनुपर्छ ।