१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार o७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो टिकटक प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o७:३६:oo

एनसेलले नयाँ टिकटक प्याक योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले करसहित एक सय ७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउनेछन् । यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न दुई जिबी डेटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ ।

सरकारबाट टिकटकको प्रयोग–पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैँ अनका सबै प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैँ अन प्याकमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रूपमा आउने डेटाबाट चलाउन पाउँछन् ।