१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार o७:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भलिबलमा पुलिस च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o७:२१:oo

विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा पुलिसले पुरुषतर्फ तथा महिलातर्फ एपिएफले उपाधि हात पारे । विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–२ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट २५–१६ अंकले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेटमा २१–२५ ले पछि प¥यो । तेस्रो सेटमा लयमा फर्केको पुलिसले २५–१९ अंकले खेल आफ्नो पक्षमा पार्दै २–१ को अग्रता लियो । चौथो सेट पुनः २५–२२ ले जित्दै एपिएफले खेल २–२ को बराबरीमा ल्यायो । निर्णायक तथा अन्तिम सेट १६–१४ अंकले आफ्नो पक्षमा पार्दै गत संस्करणको उपविजेतासमेत रहेको पुलिसले उपाधि हात पारेको हो ।

पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाइरी गलकोटले घरेलु टोली गण्डकी प्रदेशलाई २७–२५, २५–२२ र २५–२२ ले पछि पारेको हो । प्रतियोगितामा महिला–पुरुष दुवैतर्फका उपाधि विजेताले एक लाख ५० हजार एक सय ११ तथा उपविजेताले एक लाख एक सय ११ रुपैयाँ पाए । 

महिलातर्फ एपिएफ च्याम्पियन
महिलातर्फ एपिएफले सहज जित निकाल्यो । पहिलो र दोस्रो दुवै सेट एपिएफले २५–२३ ले जित्दै दबाबमा राखेको थियो । एपिएफले तेस्रो सेट भने १३–२५ ले गुमायो । पुनः चौथो सेट २५–१० ले जित्दै पुलिस उपाधि उचाल्न सफल भएको हो । यसअघि सम्पन्न लिगचरणको अन्तिम खेलमा डायमन्डले एपिएफलाई सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई २५–१५, २५–२१ र २५–१७ अंक हरायो । तेस्रो स्थान प्राप्त गरेका दुवै टोलीले जनही ५० हजार एक सय ११ नगद प्राप्त गरेका छन् । 

प्रतियोगितामा महिलातर्फ एपिएफकी पूजा चौधरी तथा पुलिसबाट खेलेका सञ्जुविक्रम चौधरी सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । जस्ना महतो र बलराम गुरुङ उत्कृष्ट सेटर, कविता भट्ट र हेमन्त मल्ल उत्कृष्ट सर्भर, यमुना बराइली र भीम गाहा उत्कृष्ट डिफेन्डर, सफल विक र सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर तथा सलिना बुढामगर र विजय थापा उत्कृष्ट स्पाइकर घोषित भइन् । विधागत रूपमा उत्कृष्ट हुने सबैले समान पाँच हजार पाए । राउन्ड रोविन आधारमा खेलाएको प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिम प्रतिस्पर्धामा छन् ।