१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बकैया खोलाले मानिस बगाउँदा बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १o:o३:oo

मकवानपुरमा खोलाले बगाउँदा एकजना युवक बेपत्ता भएका छन्। बकैया गाउँपालिका वडा नम्बर ६ जुइनास्थित बकैया खोला तर्ने क्रममा रौतहट पौराई गाउँपालिका- २ का २८ वर्षीय अकले माझीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

बकैया–६, जसपालस्थित फास्ट ट्रयाकमा काम गर्दै आएका माझीलाई शुक्रबार साँझ बकैया खोलाले बगाएको हो। उनलाई ससुराली जान खोला तर्ने क्रममा बगाएको भन्ने जानकारी आएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

माझीलाई खोलाले बगाएको खबरपछि प्रहरी चौकी गरगरेबाट प्रहरी टोली घटनास्थल पुगे पनि उनलाई फेला पार्न नसकिएको प्रवक्ता भण्डारीले बताए। बेपत्ता भएका माझीको खोजतलासका लागि इलाका प्रहरी कार्यालय निजगढसँग समन्वय भइरहेको उनको भनाइ छ।

यसअघि १६ भदौमा बाराको निजगढबाट घर फर्कने क्रममा बकैया खोलाले बगाएर बकैया- ६ की नानुमाया तितुङको मृत्यु भएको थियो। खोलाले बगाएकी उनलाई बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाकिनारमा मृत अवस्थामा फेला पारिएको थियो।