१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १८:o८:oo

सार्वजनिक बिदाको दिनमा अस्पतालहरूमा ओपिडी सञ्चालन गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले माग गरेको छ। स्वास्थ्यकर्मीको स्वास्थ्य र सेवा-सुविधालाई बेवास्ता गर्दै बिदामा ओपिडी चलाउने निर्णय अव्यावहारिक भएको भन्दै संघले निर्णय फिर्ता लिन माग गरेको हो।

सरकारी अस्पतालहरू ०४८ सालको दरबन्दीमा चलिरहेको अवस्थामा जनशक्तिमा सुधार नल्याई सार्वजनिक बिदामा समेत काम लगाउने निर्णय असान्दर्भिक भएको संघले जनाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम गर्ने अवधि सातामा ४० घण्टा तोकेको भए नेपालमा स्वास्थ्यकर्मीहरू लगातार २४ देखि ७३ घण्टा काम गर्न बाध्य रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको निर्देशन अव्यावहारिक रहेको संघले औँल्याएको छ।

संसारभर नै स्वास्थ्यकर्मी र चिकित्सकलाई हप्तामा कम्तीमा दुई दिन बिदा दिने चलन छ। अतिआवश्यक सेवाजस्तै इमर्जेन्सी, बिरामीको ज्यान जोगाउनुपर्ने आपतकालीन सेवाहरू नियमित सञ्चालनमै रहेकाले चाडपर्वमा पर्ने सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय सस्तो लोकप्रियताको लागि गरिएको संघका अध्यक्ष डा. अनिल काकीले बताए। उनले भने, ‘सीमित जनशक्तिले दोब्बर काम गर्नुपरिरहेको छ। सेवा-सुविधा उस्तै, तर डबल सिफ्टमा काम गर्नुपर्ने भन्दै कामको चाप बढाउँदै लगिएको छ।’

हरेक स्वास्थ्य संकटमा दिनरात वा बिदा नभनी स्वास्थ्यकर्मी खटिइरहेका भन्दै उनले स्वास्थ्यकर्मीलाई जति भारी बोकाए पनि हुन्छ भन्ने हेपाहा मनस्थिति देखिएको बताए। २४सै घण्टा अस्पतालहरूमा काम गर्दा परिवारसँग चाडपर्वमा समय बिताउन नपाउने र अन्य व्यक्तिगत काम गर्ने समयमा पनि बिदामा ओपिडी चलाउने निर्णयले स्वास्थ्यकर्मीको शारीरिक, मानसिक स्वास्थ्यमा जोखिम निम्त्याउने डा. कार्कीले बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ७ मा सार्वजनिक बिदामा सबै अस्पतालहरूमा ओपिडी सेवा सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा स्वास्थ्य मन्त्रालयले भदौ १७ मा स्वास्थ्य संस्थालाई ओपिड सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो।