Skip This
पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेपछि मन्त्री यादवद्वारा छानबिन समिति गठन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेपछि मन्त्री यादवद्वारा छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १९:o१:oo

खानेपानीमन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षति भएका विषयमा छानबिन गर्न एक समिति गठन गरेका छन्।

काठमाडौं उपत्यकाको बालाजु, पुल्चोकलगायतका क्षेत्रमा पानी वितरण प्रणालीमा केही दिनयता देखापरेका पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको क्षतिबारे स्थलगत निरीक्षणपछि मन्त्री यादवले छानबिन समिति गठन गरेका हुन्।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्न सहसचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँचसदस्यीय छानबिन समिति गठन भएको हो।

उपत्यकामा मेलम्चीलगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो र सुरक्षित बनाउन तथा नागरिकलाई निर्बाध रूपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको मन्त्री यादवको भनाइ छ। उनले बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्त्वपूर्ण रहेको बताउँदै पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिए।

उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति, र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। 

छानबिन समितिको सदस्यसचिवमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कार्यकारी निर्देशक टीकाबहादुर चौधरी र इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहप्राध्यापक डा. सुरज लामिछाने रहेका छन्।