Skip This
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई निफ्राको ५० लाख सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई निफ्राको ५० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १८:१४:oo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)लाई ५० लाख रुपैयाँ सहयोग गरेको छ।

सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन्।

बैंकको रजिस्टर्ड कार्यालयमा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अधिकारीसहित नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारी तथा उक्त संस्थाको तर्फबाट डा. कोइराला र भुवन दाहाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो।

बैंकबाट प्रदान भएको यो रकम काठमाडौंको बुढानीलकण्ठमा निर्माण भइरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने केआइओसिएचले जनाएको छ।