Skip This
प्रधानमन्त्री ओलीको आलोचना गर्दा पक्राउ परेका मानबहादुर साधारण तारेखमा रिहा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १७:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको आलोचना गर्दा पक्राउ परेका मानबहादुर साधारण तारेखमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १७:५६:oo

फेसबुकमा नेताहरूको आलोचना गरेकै आधारमा पक्राउ परी साइबर अपराध मुद्दा खेपेका दोलखाका मानबहादुर कार्की साधारण तारेखमा छुटेका छन्। प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरी साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो।

साइबर अपराध आकर्षित हुने प्रमाणहरू नभएको भन्दै जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार कार्की रिहा भएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए।

न्युरोडको एक ममः पसलमा काम गर्ने कार्कीलाई गत २० भदौमा ब्युरोले पक्राउ गरी विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको अभियोग लगाएको थियो। तर, उनले फेसबुकमा नेताको आलोचनाबाहेक साइबर अपराध आकर्षित हुने कुनै गतिविधि गरेका थिएनन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताको आलोचना गरेका थिए।

गत १० भदौमा काठमाडौंको टुँडिखेलमा गौरापर्व मनाउने कार्यक्रममा केही युवाहरूले नेताहरूविरुद्ध नाराबाजी गरेको भिडियो उनले फेसबुकमा सेयर गरेका थिए। बारम्बार नेताहरूको आलोचना गरेकै आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। अभिव्यक्तिको अधिकार हनन हुने गरी पक्राउ गरेको भन्दै संसदमा समेत कुरा उठेपछि प्रहरीले १० दिनमै मुद्दा बुझाएको हो। 

यसअघि प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारी भनेकै आधारमा रमेश रावललाई प्रहरीले पक्राउ गरी साइबर अपराध मुद्दा चलाएको थियो। उनी धरौटीमा छुटिसकेका छन्। गौरापर्वमा नाराबाजी गरेको भन्दै तीनजनालाई पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको थियो।