१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुरका आरक्षपीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:३६:oo

कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साउदले न्यायिक आयोग गठन गरेर तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका लागि किसानहरूको जग्गा सरकारले लिएको ४० वर्ष भइसकेको उल्लेख गर्दै उनले यसबिचमा ३२ वटा आयोग गठन गरेर करोडौँ खर्च भइसक्दा पनि समस्या समाधान हुन नसकेको बताए।

‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रुखमुनि वास बसेका छन्,’ उनले भने।

तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्षपीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गर्दै साउदले उक्त जग्गा र राहत रकम कम भएकाले बढाउनुपर्ने माग राखेर आरक्षपीडित आज पनि आन्दोलनमा रहेको सदनलाई जानकारी गराए।

‘म नेपाल सरकारलाई पूर्वन्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक आयोग गठन गरेर पीडितमैत्री किसिमले यो समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछु,’ उनले भने।