१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद ताराको प्रस्ताव : १६५ निर्वाचन क्षेत्रमा सडक सुरक्षासम्बन्धी विशेष अभियान सञ्चालन गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:१६:oo

एमाले सांसद तारा लामा तामाङले दुर्घटना न्यूनीकरणका लागि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा सडक सुरक्षासम्बन्धी विशेष अभियान सञ्चालन गर्न सरकारसँग प्रस्ताव गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले सांसदको अगुवाइमा सडक सुरक्षासम्बन्धी सचेतना विशेष अभियान सञ्चालन गर्न सुझाव दिएका हुन्।

‘दुर्घटना न्यूनीकरण हाम्रो साझा जिम्मेवारी हो, र यसका लागि सबै पक्षले एकजुट भएर काम गर्न आवश्यक छ। केही समयका लागि सबै सांसदलाई सडक सुरक्षासम्बन्धी सचेतना सञ्चालन गर्ने विशेष अभियानको अगुवाइ गरी १६५ निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सुझावसहित नेपाल सरकारलाई सडक र हवाई यात्रा सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछु,’ उनले भने।

सांसद तामाङले दुर्घटना भएमा पीडितलाई तत्काल र प्रभावकारी राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने पनि माग गरे। ‘नेपालमा सवारी दुर्घटनाको संख्या दिन प्रतिदिन बढिरहेको छ। यी दुर्घटनाले अनगिन्ती निर्दोष व्यक्तिको जीवन गुम्ने मात्र होइन, अंगभंग तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गरेको छ,’ उनले भने, ‘यस समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक छ।’

सबैभन्दा पहिले, सवारीसाधनको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै तामाङले पुराना र जीर्ण अवस्थामा रहेका सवारीसाधनको प्रयोग रोक्न र सवारीसाधनको स्तरीयता सुनिश्चित गर्न कडाइका साथ नियम पालना गरिनुपर्ने बताए।

दोस्रोमा चालकलाई तालिम र सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए। ‘योग्य र प्रशिक्षित चालक मात्र सडकमा सवारी चलाउन अनुमति दिने व्यवस्था गर्नुपर्छ। साथमा, यात्रुमाझ र सर्वसाधारण सबैमा सडक सुरक्षाबारे जनचेतना फैलाउनुपर्छ,’ उनले भने।