१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ११ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु : प्रधानमन्त्री ओली

'विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १o:४o:oo

प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो

युट्युब च्यानल ‘हेर्ने कथा’मा ‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाश तामाङ (काले मोक्तान)को कथा सार्वजनिक भएको छ । कथा निकै दु:खदायी छ । ‘हेर्ने कथा’ अनुसार प्रकाशले घर छाडेर हराएकाे ३४ वर्ष भएको बताइएको छ । 

यो भिडियो हेरेपछि प्रधानमन्त्री केपी ओलीले प्रकाश तामाङ र विद्या चापागाईंलाई भेटेर यस विषयमा कुरा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचेँ- यस्ता कति प्रकाशहरू वर्षौँदेखि हराएका होलान् ! एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरू कैयौँ कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’