Skip This
मकवानपुर जिल्ला लिग : हटिया एकेडेमी, ७ नम्बर र सानोपोखराले जोडे पहिलो अंक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार २१:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिग : हटिया एकेडेमी, ७ नम्बर र सानोपोखराले जोडे पहिलो अंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार २१:o९:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा हटिया स्पोर्टस् एकेडेमी, ७ नम्बर फुटबल टिम र सानोपोखरा क्लबले पहिलो अंक जोडेका छन्। 

लिगअन्तर्गत शुक्रबार भएका खेलहरूमा बराबरी खेल्दै अंकविहीन अवस्थालाई तोड्दै तीनवटै टिमले पहिलोपटक एक–एक अंक पाएका छन् । यसअघिका सबै खेलमा पराजय व्यहोर्दै अंकविहीन अवस्थामा रहेका हटिया एकेडेमी, ७ नम्बर र सानोपोखराले पहिलो अंक जोडेका हुन् ।

शुक्रबार सिमलटार खेलमैदानमा ७ नम्बर फुटबल टिम र सानोपोखरा क्लबबिच भएको खेल एक-एक गोलको बराबरीमा सकिएको हो। खेलमा ७ नम्बरले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। खेलमा ७ नम्बरका सुजन लामा र सानोपोखराका उत्तम जिम्बाले एक-एक गोल गरे।

सिमलटार चौरमै भएको दोस्रो खेलमा पदमपोखरी युवा क्लब र हटिया स्पोर्टस् एकेडेमीले गोलरहित बराबरी खेलेका छन् । दुवै टिमले गोल गर्ने केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो । योसँगै हटियाले पनि पहिलो अंक जोडेको छ । 

यता, गौरीटार रंगशालामा शुक्रबार न्यु डाँफे क्लब र रियलस्टार क्लब पदमपोखरीबिच भएको खेल २-२ गोलको बराबरीमा सकिएको छ। खेलको १३औँ मिनेटमा सुशान्त तामाङ र २७औँ मिनेटमा राजीव डिमडुङले गोल गर्दै अग्रता बनाए पनि रियलस्टार खेलमा फर्किएपछि खेल बराबरीमा रोकिएको हो।

रियलस्टारका लागि ३२औँ मिनेटमा युवराज मोक्तान र पहिलो हाफको अतिरिक्त समयमा साजन थिङले एक–एक गोल गर्दै टिमलाई हारबाट मात्रै जाेगाएनन् एक अंक खोस्न सफल भए।

यस्तै, गौरीटारमै भएको दोस्रो खेल विवादका कारण अन्तिम समयमा स्थगित भएको छ । एफसी मल्टिभिजन र नामटार क्लबबिचको खेल विवादका कारण रोकिएको हो ।

दोस्रो हाफको ३९औँ मिनेटामा नामटार क्लबविरुद्ध एफसी मल्टिभिजन क्लब ३–० को अवस्थामा हुँदा खेल रोकिएको हो। नामटारका खेलाडी विवादमा उत्रिएपछि खेल स्थगित भएको आयोजकले जनाएको छ।