१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १६ बुधबार
  • Saturday, 14 September, 2024
रासस भोजपुर
२o८१ श्रावण १६ बुधबार o८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले बगाउँदा इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुर बेपत्ता   

Read Time : < 1 मिनेट
रासस, भोजपुर
नयाँ पत्रिका
२o८१ श्रावण १६ बुधबार o८:२३:oo

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुईजना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका छन् । बर्दियाको बाराबर्दिया गाउँपालिका– ३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ। बाढीमा परेका २६ वर्षीय रामकिसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा सातजनाको टोली खोजीका लागि खटिएको छ ।