Skip This
बुर्तिबाङमा घर भत्किँदा एकको मृत्यु, एघार घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २९ शनिबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुर्तिबाङमा घर भत्किँदा एकको मृत्यु, एघार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार १८:११:oo

बागलुङको बुर्तिबाङ बजारमा पुनर्निर्माणको क्रममा एउटा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। एघारजना घाइते भएका छन्। 

शनिबार दिउँसो करिब साढे दुई बजे ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजार स्वामीचोकमा रहेको बेगमबहादुर विकको जीर्ण घर भत्किँदा घटना भएको हो।

घर भत्किँदा ५५ वर्षीय घरधनी बेगमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

जीर्ण अवस्थामा रहेको घर पुनर्निर्माणका लागि घर भत्काउने क्रममा अन्य ११ जना च्यापिएर घाइते भएको पौडेलले जानकारी दिए।

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं– १० का २४ वर्षीय सुगान्त पौडेल, ढोरपाटन– ४ का ३४ वर्षीय खडकप्रसाद विक, २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया थमकुमारी विक र तमानखोला गाउँपालिका– १ की ३८ वर्षीया खममाया घर्ती तथा बुर्तिबाङ बजारकै ३५ वर्षीय टेक विक र ५१ वर्षीया टेकमाया रसाइली घाइते भएका हुन्। 

उनीहरूको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक पौडेलले बताए।