Skip This
दुई धनी देशको बिचमा रहेका नेपाली निराश बन्न मिल्दैन : महामन्त्री शर्मा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २९ शनिबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई धनी देशको बिचमा रहेका नेपाली निराश बन्न मिल्दैन : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार १६:o४:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा पछिल्लो समय निराशा बढिरहेको बताएका छन्। 
अप्टिमिस्ट इन्टरनेसनल नेपालको तेस्रो डिस्ट्रिक्ट अधिवेशनको शनिबार चितवनको सौराहामा उद्घाटन गर्दै महामन्त्री शर्माले अहिले निराशा बढिरहेको भन्दै आशावादी जगाउन आवश्यक रहेको बताए। 

‘उत्तरको देश चीन विश्वकै पहिलो धनी देश बन्दै छ, दक्षिणको भारत दोस्रो धनी देश बन्दै छ,’ उनले भने, ‘दुई ठुला धनी देशका बिचमा बस्ने नेपालीहरू गरिबको गाथा गाएर होइन्, आशावादी हुनुपर्छ।’

साथै, उनले अहिले मुलुकमा दुई ठुलो पार्टी मिलेर सरकार बनेको भन्दै दुई ठुला पार्टी मिल्दैमा सबै राम्रो हुने र बाहिर हुने गलत भन्ने बुझाइ पनि सही नरहेको बताए। बाहिर रहेको शक्तिको पनि उत्तिकै सम्मान हुनुपर्ने उनले बताए। 

महामन्त्री शर्माले जुनसुकै दलले भए पनि सत्य र गलत छुट्याएर समर्थन र विरोध गर्नुपर्ने धारणा व्यक्त गरे। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने  गभर्नर प्रकाश घिमिरेले जानकारी दिए।