१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १२ शनिबार १५:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

महोत्सवपछि सार्वजनिक प्रदर्शनमा आउँदै ‘शाम्बाला’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १५:१६:oo

पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’को नेपाल प्रदर्शन भदौ २८ लाई तय गरिएको छ । 

विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन्तर्गत छनोट भएको ‘शाम्बाला’ महोत्सवपछि नेपाल प्रदर्शनमा ल्याइएको निर्देशक भामले जानकारी दिए ।  

‘घरेलु दर्शकमाझ आउँदा उत्साहित छु । पहिलो चलचित्र सीमित चलचित्र भवनमा मात्र प्रदर्शन भएको थियो, यो भने नेपालभर प्रदर्शन हुँदै छ। हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, आजको यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो जस्तो लाग्छ,’ निर्देशक भामले भने ।

उनले चलचित्रको सुरुवात गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि तयार भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताए। 

उच्च हिमाली गाउँमा गर्भवती श्रीमतीले देवरका साथमा श्रीमानको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर लेखेका हुन् । डोल्पामा दृश्यांकन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्दन, तेन्जिङ डल्हाल, कर्मा शाक्यलगायतले अभिनय गरेका छन् ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उनकाे पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।