१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण १२ शनिबार १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १४:५३:oo

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान ५८५औँ हप्तामा प्रवेश गरेको छ। कोटेश्वरस्थित बागमती पहेँलो पुलनजिकैको बागमती नदीकिनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट आज उठाइएको फोहाेर काठमाडौं महानगरपालिका वातावरण विभागको गाडीमा राखी व्यवस्थापन गरिएको छ।


सफाइमा स्थानीयवासीका साथ सफाइ अभियानकर्मीको सक्रियता थियो। अर्को हप्ताको सफाइ पनि कोटेश्वर महादेव मन्दिरनजिकैको पहेँलो पुल क्षेत्रमै गरिने सफाइ महाअभियानले जनाएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान वर्षा, जाडो, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि नरोकिई निरन्तर जारी छ।

बागमती सफाइ महाअभियान सुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ सुरु गरिएको छ। काठमाडौं उपत्यकामा चक्रपथका उत्तर र पश्चिम भागमा पनि सफाइ भइरहेको छ। काठमाडौं उपत्यकाबाहिरका मुख्य नदी, सहरमा पनि सफाइ अभियान सुरु भएको छ। हाल देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको छ।