१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 पाथीभरा गाउँपालिकाले दियो वडामै पुगेर भत्ता र स्वास्थ्य सेवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १४:३७:oo

ताप्लेजुङको पाथीभरा याङेवरक गाउँपालिकाले जेष्ठ नागरिकलाई वडा कार्यालयमा पुगेर स्वास्थ्य परिक्षणसँगै भत्ता वितरण गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाले पालिकाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वडा-वडामा पुगेर स्वास्थ्य परीक्षणसँगै भत्ता रकम वितरण गरेको बताए। 

साउन ६ गते एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो। गाउँपालिकाको  प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बुबाहेक प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता पाउने पाँच सय ३७ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको निमित्त प्रशासकीय अधिकृत सुब्बाले बताए । 

उनका अनुसार ६० वर्षभन्दा माथि उमेर भएका दुई सय ४६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए।