Skip This
प्रधानमन्त्रीलाई एमाले सांसदले भने– तिमीले पराई ठानेपछि पराई हुन के भयो र !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
फाइल तस्बिर
२o८१ असार २४ सोमबार १३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई एमाले सांसदले भने– तिमीले पराई ठानेपछि पराई हुन के भयो र !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १३:४७:oo

नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री दल एमालेलाई एक्ल्याउने प्रयास गरेकाले अर्को गठबन्धन गर्नुपरेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले एमाले मन्त्रीलाई फत्तेमान राजभण्डारीको गीत सुनाएका प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउँदै यस्तो बताएका हुन्।

‘बालुवाटारमा राजीनामा  बुझाउने क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा गीत गाउनुभयो फत्तेमान राजभण्डारीको– यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले–कहिले,’ बर्तौलाले भने, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अन्जु पन्तको एउटा गीत स्मरण गराउन चाहान्छु– तिमीले पराई ठानेपछि पराई  हुन के भयो र तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र ।’ 

प्रधानमन्त्रीको उथलपुथल कार्यशैलीको मारमा एमाले परेको तथा विकास, समृद्धि र सुशासनका लागि एमालेले सरकारलाई बलियो ढंगले चलाउन चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहेको उनको आरोप छ।

‘उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैली, त्यसको मारमा हामी पर्ने अवस्था पर्‍याे । नेकपा एमालेलाई एक्ल्याउने, कमजोर बनाउने, सरकारमा रहँदारहँदै सहयात्री दललाई त्यो अवस्था निर्माण भयो, हामी बाहिरियौँ,’ बर्तौलाले भने, ‘नेपाली कांग्रेस साथीको खोजीमा थियो, एमाले पनि साथीको खोजीमा थियो । साथीको खाेजीमा रहेका दुई दल मिलेर यो देशलाई निकास दिनुपर्छ, आजको संकटलाई समाधान गर्ने दिशातर्फ स्थिर सरकार दिनुपर्छ भनेर हामीले समझदारी गर्‍याैँ।’