लायन्स क्लब अफ काठमाडौं कोर सिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार हनुमानढोकास्थित काल भैरव मन्दिरमा क्लबले रक्तदान कार्यक्रम गरेको हो।
रक्त सञ्चार केन्द्रहरूमा रगतको अभाव भएकाले बिरामीहरूलाई रगतको आपूर्ति सहज गराउने उद्देश्यले निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबले जनाएको छ।
काल भैरव मन्दिरमा आयोजित कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको क्लबकी डिस्ट्रिक्ट गभर्नर निरा बज्राचार्यले जानकारी दिइन्।