Skip This
सातमध्ये तीन खेलाडीको नेपालमै ओलम्पिक तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २४ सोमबार o७:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातमध्ये तीन खेलाडीको नेपालमै ओलम्पिक तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o७:२२:oo

फ्रान्सको पेरिसमा ११–२७ साउनसम्म पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट सात खेलाडीले भाग लिनेछन् । टेबलटेनिस, ब्याडमिन्टन, जुडो, म्याराथन र सुटिङबाट समान एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पौडीबाट सर्वाधिक दुईजना खेलाडीले पेरिस ओलम्पिक खेल्नेछन् । यसमध्ये टेलबटेनिसमा खेलाडी मात्र छनोट चरणका माध्यमबाट ओलम्पिक खेल्न लागेका हुन् । यसबाहेक अन्य खेलाडी वाइल्ड कार्डबाट प्रतिस्पर्धा गर्न लागेका हुन् । ओलम्पिकमा सहभागी हुनेमध्ये नेपालमै प्रशिक्षण गरिरहेका तीनजना खेलाडीको तयारी तथा प्रशिक्षण सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार जानकारी लिएका छन् । 

म्याराथनकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ तथा सुटिङकी सुस्मिता नेपालले मात्र नेपालमै प्रशिक्षण लिइरहेका छन् । टेबलटेनिसका स्यान्टु श्रेष्ठले श्रीलंका र ब्याडमिन्टनका प्रिन्स दाहालले श्रीलंकामा ओलम्पिकको तयारी गरिरहेका छन् । यसपटक टेबलटेनिसका स्यान्टु छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाएका हुन् । ओलम्पिकमा छनोट चरणका माध्यमबाट स्थान सुरक्षित गर्ने उनी तेस्रो नेपाली खेलाडी तथा टेबलटेनिसका पहिलो खेलाडी हुन् । यसअघि सन् २००४ को एजेन्सी ओलम्पिकमा तेक्वान्दोकी संगिना वैद्य तथा सन् २००८ को बेइजिङ ओलम्पिकमा दीपक विष्टले छनोट चरण पार गरी स्थान बनाएका थिए । विष्ट अहिले राष्ट्रिय टिम तयारीको निर्देशकमा कार्यरत छन् । यसपालि पौडीका डुबाना लामा र एलेकजेन्डर शाहले विदेशमै तयारी गरिरहेको राष्ट्रिय टिम तयारीका निर्देशक विष्टले जानकारी दिएका छन् । 

तयारीमा कमी नहुने
सदस्यसचिव घिसिङले ओलम्पिकका लागि बन्द  प्रशिक्षणमा रहेका खेलाडीको तयारी र सरकारका तर्फबाट गर्नुपर्ने कामका विषयमा छलफल गरेको विष्टले बताए । नेपालमै बन्द प्रशिक्षणमा रहेका खेलाडीको तयारीमा राज्यबाट कुनै कमी आउन नदिने घिसिङले विश्वास दिलाएका छन् । ‘अहिले यहाँ प्रशिक्षणमा रहेका खेलाडीलाई राज्यले कुनै कमी हुन दिनेछैन,’ सदस्यसचिव घिसिङले भने । उनले खेल सामग्री, पोसाक, प्रशिक्षणको तालिका सम्बन्धमा सम्बन्धित खेलाडी तथा प्रशिक्षकसँग जानकारी लिए । ‘देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीलाई उच्च मनोबलका साथ तयारी र प्रतिस्पर्धा गर्नुस्,’ उनले भने, ‘साथसाथै खेलाडीले स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्छ ।’ प्रशिक्षणमा रहेका खेलाडीलाई उचित प्रबन्ध मिलाउन सम्बन्धित संघहरूलाई उनले निर्देशन दिएका छन् । 

प्रशिक्षणमा रहेका खेलाडीले बिहान–बेलुका दैनिक पाँच घण्टाभन्दा बढी प्रशिक्षण गरिरहेको निर्देशक विष्टले जानकारी दिए । खेलाडीले आफूहरूलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको जनाए । एथलेटिक्सका प्रशिक्षक कान्ति महतो, जुडोकी प्रशिक्षक देवु थापा तथा सुटिङका प्रशिक्षक प्रदीप खातीले खेलाडीको प्रशिक्षण तालिम, खुराक, खेल सामग्री व्यवस्थापनका विषयमा जानकारी दिए ।