Skip This
उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्धार र राहतका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १३:५८:oo

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वर्षायाममा हुने बाढीपहिरोजन्य विपतका वेला खटिनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज बसेको विपत् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्रीले सम्भावित  विपतका वेला उद्धार र राहतमा खटिनका लागि सतर्क अवस्थामा तीनवटै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सोडारीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रदेशस्थित उच्च अधिकारी, प्रदेश मन्त्रालयका सचिवलगायत सहभागी थिए । बैठकले सम्बद्ध सबै निकायहरू तयारी अवस्थामा रहेर सम्भावित विपतकाे जोखिम न्यूनीकरणको प्रयासमा लाग्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

हिजोबाट भइरहेको अविरल वर्षाका कारण बाढीपहिरोका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा राजमार्ग तथा सडकहरु अवरुद्ध भएका छन्। जोखिमयुक्त ठाउँमा नेपाल प्रहरी परिचालित रहेको छ । लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको सतह बढेपछि कैलाली, कञ्चनपुरमा बाढी र डुबानको जोखिम बढेको छ । त्यस्तै पहाडी जिल्ला जोड्ने राजमार्गहरू तथा कतिपय ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेका छन् ।