Skip This
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १३:४१:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेस गर्ने भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्रीले विश्वासको मत फेस गरेर जाने निर्णय भएको जानकारी दिए । 

उनले प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बाँकी सत्तासाझेदार दलहरूसँग छलफल गरेर थप निर्णय लिने बताए । नेता सरलले मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने कुराको टुंगो भने नलागेको बताए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा विश्वासको मत लिने उनको भनाइ छ ।

मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले राजीनामा दिन रोकिएका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।