Skip This
प्रतिनिधिसभा : प्रधानमन्त्रीको राजीनामालाई लिएर सांसदबीच जुहारी  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २३ आइतबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा : प्रधानमन्त्रीको राजीनामालाई लिएर सांसदबीच जुहारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १३:३६:oo

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा प्रधानमन्त्रीकाे राजीनामाको विषयलाई लिएर सांसदबीच जुहारी चलेको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् भने माओवादीका सांसदहरूले विश्वासको मतमा असफल भए एक मिनेट पनि सत्तामा नबस्ने जिकिर गरेका छन् । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए भने सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट गरे । 
             
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे । सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे । 

सांसदहरू बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनीहरूले अब बन्ने सरकारलाई काम गर्न वातावरण सिर्जना गर्नुपर्ने बताए ।