Skip This
मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Saturday, 05 October, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ असार २२ शनिबार १६:३४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार १६:३४:oo

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थिति १०१ सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री सिंहको पक्षमा र ३४ जनाले विपक्षमा मत दिए।

मुख्यमन्त्री सिंहलाई सदनको सबैभन्दा ठूलो दल नेकपा, दोस्रो ठूलो दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन्। जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टीले भने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे।

सदनबाट विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले चार दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए। केन्द्र राजनीतिमा समीकरण परिवर्तन भएसँगै उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।