१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

द्रुतमार्गको लेनडाँडा सुरुङ पनि छिचोलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १६:४३:oo

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको लेनडाँडाको सुरुङ छिचोलिएको छ। 

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको हो।

प्रधानसेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए। यस अवसरमा प्रधानसेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे। 

उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद दिएका छन्। 
उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मिहिनेत र कार्यदक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिए।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो।

४ जेठमा लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग र ११ जेठमा धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरू छिचोलिएका थिए।

ad
ad
ad
ad