१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
२o८१ असार १६ आइतबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भक्तपुरको बजेट सर्वसम्मतिबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार o७:२९:oo

भक्तपुर नगरपालिकाको आर्थिक विधेयक, ०८१ विनियोजन विधेयकसहित आव ०८१/८२ को बजेट सर्वसम्मतिले पारित भएको छ । शुक्रबार मेयर सुनील प्रजापतिको अध्यक्षतामा बसेको १६औँ नगर सभा बैठकले विधेयक र बजेट पारित गरेको हो । नगरपालिकाकी उपमेयर रजनी जोशीले १० असारमा भक्तपुर नगरपालिकाका लागि दुई अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् । 

भक्तपुर नपाले संसदीय अभ्यासअनुसार नगर सभा सञ्चालनमा जोड दिँदै आएको र बजेट सफल कार्यान्वयनमा सबै जनप्रतिनिधिको साथ र सहयोग आवश्यक भएको मेयर प्रजापतिले बताए । वैदेशिक ऋणका भरमा देशलाई विकास गर्ने सोच गलत भएको बताउँदै उनले आत्मनिर्भरतालाई जोड दिए ।

मेयर प्रजापतिले भक्तपुर नपाले समाजवादी मोडेलअनुसार भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा पुनर्निर्माणलगायतका क्षेत्रबाट नगरको विकास गर्ने प्रयास गर्दै आइरहेको बताए ।

बजेटमाथि भएको छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै उपमेयर जोशीले अरनिको सभाभवन पुनर्निर्माण कार्यलाई नगरस्तरीय गौरवको योजनाका रूपमा अगाडि बढाइरहेको, पौडी पोखरी नगरको कुन पोखरीमा बनाउने विषयमा प्राविधिक अध्ययन भइरहेको, करको दायरा बढाउने नीति अपनाइने, कौसीखेती तालिमलाई प्रवर्द्धन गर्दै लगिने, देको मिवा इतापाके आवास योजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सहजीकरण हुने, खानेपानीको विकराल समस्या सम्बोधन गरिनेलगायतका विषय सभासमक्ष अवगत गराइन् । 

ad
ad
ad
ad